२८ आश्विन २०८२, मंगलवार
Follow Us

हाइटीको राजधानीमा भएको हिंसामा १८४ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२४ मंसिर २०८१, सोमबार १३:५७

काठमाडौँ । हाइटीको राजधानीमा भएको हिंसामा पछिल्लो एक हप्तामा १८४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखले हाइटीको राजधानीमा सामूहिक हिंसाका कारण १८४ जनाको मृत्यु भएको बताएका हुन् ।

जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै भोल्कर तुर्कले भने, “गत साता मात्र हाइटीको राजधानी पोर्ट-ओ-प्रिन्समा एक शक्तिशाली गिरोहका नेताद्वारा आह्वान गरिएका आक्रमण र प्रत्यक्रमणका क्रममा कम्तीमा १८४ जनाको मृत्यु भएको छ।

उनका अनुसार यी पछिल्ला घटना र यसबाट मृत्यु भएका मानिसहरूको सङ्ख्यासँगै यो वर्ष मात्र हाइटीमा हिंसात्मक आक्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या पाँच हजार पुगेको छ ।”

धेरै पढिएको