मुख्य समाचार

काठमाडौं महानगरमा नतिजा आज आउने, एमालेले दोब्बर मतले जित्ने

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले कांगे्रस उम्मेदवार राजुराज जोशीभन्दा दोब्बर मतले जित्ने सम्भावना बढेर गएको छ । अब तीनवटा वडाको मत परिणाम आउन बाँकी रहेको अवस्थामा शाक्यले हालसम्म ६१ हजार पाँच सय तीन मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी नेपाली काँग्रेसका राजुराज जोशीले ४३ हजार एक सय ३९ हजार प्राप्त गर्नुभएको छ । नेकपा(माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले सात हजार चार सय दुई, साझा पार्टीका किशोर थापाले १७ हजार आठ सय ४४, विवेकशील पार्टीकी रञ्जु दर्शनाले २२ हजार तीन सय ४१ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीको अग्रता छ । उहाँले हालसम्ममा ५६ हजार एक सय ५०, राप्रपाका राजाराम श्रेष्ठले ३३ हजार चार सय दुई, माओवादी केन्द्रकी सुशीला पौडेलले नौ हजार ७८५, साझा पार्टीकी निरुपमा यादवले ११ हजार २४ मत प्राप्त गर्नुभएको काठमाडौँ महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कामपाको अन्तिम नतिजा आजसम्म आउने बताइएको छ । बत्तिस वटा वडा रहेको कामपामा अहिलेसम्म २९ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । तिनमध्ये १७ वटा वडामा एमाले र १२ वटा वडामा काँग्रेस विजयी भएका छन् ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्