लण्डन । वेलायतस्थित सक्रिय पत्रकार पत्रकार थानेश्वर सापकोटा (गुमनाम परदेशी) ले गैरआवासीय नेपाली संघको विवादका सम्बन्धमा कसिलो टिप्पणी गरेका छन् ।
सापकोटा (गुमनाम परदेशी) ले एनआरएनए एकता महाधिवेशन गराउन कस्सिएका मान्छेहरुले कमसे कम अर्को पक्षसँग पछि छलफल गर्नु पर्ने हो भनेका छन् ।
सापकोटाले आफ्नो सामाजिक संजाल फेसबुक टाइमलाइन मार्फत ‘अर्को अधिवेशन गराउन अर्को पक्षको घोषणाले छलफल भएको छनक दिन्न । शेष घलेल कि जिम्मेवारी लिनै हुन्थ्यो जिम्मेवारी स्विकार गरिसके पछि मैले अधिवेशनको मिति तोके तिमीहरु एकता गर्न आउँ भनेर हुन्न । यसरीनै हुन्थ्यो भने परारै एकता हुन्थ्यो ।’
गैरआवासीय नेपाली संघको विवादका सम्बन्धमा सर्वोच्च अदालतले गत साउन महिनामा अध्यक्ष डा. बद्री केसीलाई औपचारिक मान्यता दिए पनि पूर्वअध्यक्ष शेष घलेले मे महिनामा अधिवेशन तोके पछि उनको संसारभरबाट आलोचना शुरु भएको छ ।