मुख्य समाचार

यदु स्मृति पत्रकारिता पुरस्कार दिलभुषण पाठकलाई

काठमाडौं । यस बर्षका यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार दिलभुषण पाठकलाइ दिइने भएको छ ।

सो पुरस्कार सिफारिस समितिको आज सम्पन्न बैठकले २०८१ को ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार दिलभुषण पाठकलाई प्रदान गर्ने निर्णय गरेको हो।

सिफारिस समितिका संयोजक सूर्य थापाको अध्यक्षतामा भएको बैठकमा पूर्व सांसद तीर्था गौतम र सदस्य सचिव रूद्र खड्कासँगै ९८ बर्षीय पिताजी उमाकान्त गौतमको उपस्थितिमा सो निर्णय लिइएको हो ।

पुरस्कार आगामी फागुन २१ गते काठमाडौंमा विशेष समारोहबीच प्रदान गरिने संयोजक थापाले जानकारी दिए ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता