काठमाडौं । भारतको अहमदाबादमा एयर इन्डियाको बोइंग ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा परेको छ । लण्डनका लागि उडान भरेको विमान टेकअफको क्रममा दुर्घटनामा परेको भारतीय संचार संस्था दैनिक भास्करले जनाएको छ ।
एयर इन्डियाको फ्लाइट नम्बर AI-171 विमान भारतीय समय अनुसार दिउँसो १:३८ बजे उडेको थियो। उडान भरेको दुइमिनेटमै दुर्घटनमा परेको हो । विमानमा २४२ यात्रु सवार थिए । विमान खस्नेबित्तिकै सम्पूर्ण क्षेत्र धुवाँले ढाकिएको देखिएको थियो।
विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेको खबर छ ।
कुन देशका कति नागरिक थिए सवार ?
नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानमा २४२ जना सवार थिए । जसमा २३० यात्रु, दुई जना पाइलट र १० क्याबिन क्रू सदस्य सवार थिए । यसैगरी, विमान चालक दलमा कमाण्डर क्याप्टेन सुमित सभरवाल र विशिष्ट कर्मचारी क्लाइभ कुन्दर रहेका थिए ।
जहाजमा भारतका १६९ जना, ५३ जना बेलायतका, ७ पोर्चुगलका र एक क्यानाडेली नागरिक सवार रहेको भारतीय अखबार दैनिक भास्करले जनाएको छ ।
जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणी पनि सवार रहेको बताइएको छ । दुर्घटनास्थलबाट अहिलेसम्म १ सय जनाको शव निकालिएको अखबार भास्करले जनाएको छ ।