१२ जेष्ठ २०८३, मंगलवार
Follow Us

एनआरएनए हंगेरीको निर्वाचन १३ जुलाईमा हुने

नेपालब्रिटेन संवाददाता
१६ असार २०८२, सोमबार १८:५४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) हंगेरीको निर्वाचन आगामी जुलाई १३ गते हुने भएको छ।

संघका महासचिव संजय कार्कीका अनुसार निर्वाचनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। समितिमा प्रमुख आयुक्त प्रदिप घिमिरे, आयुक्त सरिफा सापकोटा र समिर पौडेल रहेका छन्।

महासचिव कार्कीले निर्वाचन समितिले आगामी कार्यकालको निर्वाचन प्रक्रिया पूर्ण रूपमा सफल बनाउन जिम्मेवारीका साथ काम गर्ने बताए।
उक्त अधिवेशन हंगेरीको राजधानी बुडापेस्टमा हुने छ।

धेरै पढिएको