१४ भाद्र २०८२, शनिबार
Follow Us

अन्तर्राष्ट्रिय महाधिवेशन (अक्टोबर ११–१४, २०२५, काठमाडौं) का लागि प्रतिनिधि आवेदन खुला

नेपालब्रिटेन संवाददाता
२५ श्रावण २०८२, आईतवार ०४:२५

काठमाडौँ । गैरआवासीय नेपाली संघ (NRNA) को विधान २०२२ को धारा १३.७ अनुसार अन्तर्राष्ट्रिय महाधिवेशन २०२५ का लागि प्रतिनिधि चयन प्रक्रिया सुरु गरिएको छ। यस अन्तर्गत सम्बन्धित राष्ट्रिय समन्वय परिषद् (NCCs) ले प्रतिनिधिहरूको अन्तिम सूची २०२५ अगस्ट ३१ भित्र अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सचिवालयमा पेश गर्नुपर्ने व्यवस्था छ।

प्रतिनिधि आवेदन प्रक्रिया २०२५ अगस्ट १० देखि २० सम्म SMART NRNA मोबाइल एपमार्फत खुला गरिएको छ। इच्छुक तथा योग्य पञ्जीकृत सदस्यहरूले तोकिएको म्यादभित्र एप प्रयोग गरी आवेदन दिन सक्नेछन्।

महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया संघको विधानको दफा १३.७, अनुसूची ६ र ६(क), साथै महाधिवेशन प्रतिनिधि व्यवस्थापन नियमावली बमोजिम हुनेछ।

सम्बन्धित सबै पञ्जीकृत सदस्यहरूलाई तोकिएको समयसीमा भित्र SMART NRNA एपमार्फत आवेदन दर्ता गर्न अनुरोध गरिन्छ।

श्री,सम्पूर्ण पञ्जीकृत सदस्यज्यू,

विषय: Oct 11-14, 2025 काठमाण्डौमा हुने अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि आवेदन दर्ता गर्ने सम्बन्धमा

आदरणीय पञ्जीकृत सदस्यज्यू,
गैरआवासीय नेपाली संघ (NRNA) को २०२२ को विधानको धारा १३.७ अनुसार अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया अन्तर्गत, अन्तिम प्रतिनिधि सूची सम्बन्धित राष्ट्रिय समन्वय परिषद् (NCCs) हरूद्वारा पुष्टि गरी अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सचिवालयमा २०२५ अगस्ट ३१ भित्र पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
यसै सन्दर्भमा, प्रतिनिधि आवेदन प्रक्रिया २०२५ अगस्ट १० देखि अगस्ट २० सम्म SMART NRNA मोबाइल एपमार्फत खुला गरिँदैछ । महाधिवेशन प्रतिनिधिको छनोट संघको विधानको दफा १३.७, अनुसूची ६ र ६(क), तथा महाधिवेशन प्रतिनिधि व्यवस्थापन नियमावलीमा व्यवस्था भएबमोजिम हुने जानकारी गराइन्छ।
अतः तोकिएको समयावधिभित्र SMART NRNA एपमार्फत आवेदन दर्ता गर्नुहुन सबै योग्य तथा इच्छुक पञ्जीकृत सदस्यहरूलाई अनुरोध गरिन्छ।

एनआरएनए ICC प्रतिनिधि बन्न आवेदन दिने प्रक्रिया:

१. SMART NRNA एप खोल्नुहोस् र लगइन गर्नुहोस्।
२. “Apply Delegates” सेक्सनमा जानुहोस्।
३. ड्रपडाउन मेनुबाट तपाईंले हालै सम्हालेको सर्वोच्च पद चयन गर्नुहोस्।
४. सो पदमा कार्य गरेको कार्यकाल (tenure) निर्दिष्ट गरिएको ढाँचामा उल्लेख गर्नुहोस्।
५. आफ्नो बारेमा थप जानकारी भए टिप्पणी (Remarks) लेख्नुहोस् (वैकल्पिक)।

सम्पूर्ण प्रक्रिया पूरा भएपछि, तपाईंको निवेदन राष्ट्रिय समन्वय परिषद्ले (NCC) रुजु गरी, संघको आधिकारिक वेबसाइटमा प्रतिनिधि नामावली प्रकाशन गरिनेछ।

प्रतिनिधि आवेदन दर्ता गर्न लिङ्कमा रहेको https://youtu.be/0IjFe3s7XG8?feature=shared मा क्लिक गरेर थप जानकारी लिन सक्नुहुनेछ।
साथै, यहाँहरूका जानकारीका लागि संघको विधान २०२२ र महाधिवेशन प्रतिनिधि व्यवस्थापन सम्बन्धी नियमावली समेत यसै पत्रसँग संलग्न गरिएको जानकारी गराइन्छ।
संलग्न सन्दर्भ सामाग्रीहरु :

Video : https://youtu.be/0IjFe3s7XG8?feature=shared

संघको विधान २०२२
महाधिवेशन प्रतिनिधि व्यवस्थापन सम्बन्धी नियमावली
भवदीय,
अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC)

धेरै पढिएको