१४ भाद्र २०८२, शनिबार
Follow Us

सांसदहरूलाई उपत्यका नछाड्न एमालेले पठायो सूचना

नेपालब्रिटेन संवाददाता
३ भाद्र २०८२, मंगलवार १३:१०

काठमाडौं । सत्ता घटक दल एमाले आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न सूचना जारी गरेको छ । आज (मंगलबार) सांसदहरूलाई मोबाइलमा मेसेज पठाउँदै एमालेले तत्काल उपत्यका बाहिरका कार्यक्रममा नजान सुचना पठाएको स्रोतले जानकारी दिएको छ ।

एक सांसदका अनुसार, उपत्यका बाहिर भएका सांसदहरूलाई फर्कन र उपत्यकामै भएका सांसदहरूलाई कहीँ नजान भन्दै एसएमएसमार्फत जानकारी आएको हो । एमाले कांग्रेसले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारीस्वरुप हस्ताक्षर संकलन गरिरहेको छ ।

उता, विपक्षी दलहरू यो कार्यको विरोध गर्नेगरी तयारी गरिरहेको छ । कांग्रेसभित्रकै इतर समूहका सांसदहरूले पनि अहिलेसम्म हस्ताक्षर गरेका छैनन् ।

धेरै पढिएको