२४ भाद्र २०८२, मंगलवार
Follow Us

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

नेपालब्रिटेन संवाददाता
२४ भाद्र २०८२, मंगलवार ०७:१०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकको आह्वान गरेका छन् । जेनजीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्रीले आज बेलुका ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

प्रधानमन्त्रीले अपिलमार्फत् कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्नु उपयुक्त विकल्प रहेको उल्लेख गरेका छन् ।

देशका विभिन्न भागमा भइरहेको प्रदर्शन र पछिल्ला घटनाप्रति आफू दुखी रहेको बताएका छन् । अवस्थालाई ध्यानमा राखेर सम्पूर्ण देशबासीलाई संयम रहन अनुरोध समेत गरेका छन् ।

धेरै पढिएको