२७ भाद्र २०८२, शुक्रबार
Follow Us

गोँगबु बसपार्कबाट सवारी सञ्चालन हुन थाले

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०८२, शुक्रबार ०७:२४

काठमाडौं। काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुवाहक बस सञ्चालन सुुरु भएको छ । यही भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि क्रमशः सञ्चालनमा आउन थालेका हुन् ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका मानवसंशाधन प्रमुख पङ्कज मल्लले आज बिहान ७ बजेदेखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएको जानकारी दिएका छन । यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसअघि विज्ञप्ति जारी गरी विषम परिस्थितिमा सवारीसाधन नचलाउन मातहतका संघसंस्थालाई निर्देशन गरेको थियो ।

हाल सवारीसाधन आफूखुसी बाहिरिएका हुन् । महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आगामी दिनमा संस्थागत रूपमा कसरी सवारीसाधन सञ्चालन गर्ने भन्नेबारे सुरक्षा निकाय र मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिएका छन ।

धेरै पढिएको