काठमाडौं । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको छ ।
प्रतिनिधि सभा विघटन लगत्तै एक विज्ञप्ती जारी गर्दै बारले विघटनको निर्णय स्वेच्छाचारी र असंवैधानिक भन्दै त्यसले संवैधानिक सर्वोच्चता र संविधानवादमाथि प्रहार भएको जनाएको हो ।
प्रतिनिधिसभा विघटनको निर्णयले लामो र कठिन संघर्षपछिको नेपाली लोकतन्त्रलाई कमजोर बनाएको र संघीयताको उपलब्धि खोज्ने प्रयास गरेको बारको टिप्पणी छ । अवधि नपुग्दै प्रतिनिधिसभा विघटन गर्ने अभ्यासले लोकतान्त्रिक संस्थाहरूमाथिको जनविश्वास घटाउने र मुलुकको संवैधानिक व्यवस्थाको जगलाई खतरामा पार्ने बारको निष्कर्ष छ ।
बारले कुनै पनि बाहनामा हुने पञ्चगामी कदमलाई आफूले अस्विकार गर्ने भन्दै त्यसविरुद्ध आफूले गर्ने विरोध र चाल्ने कदममा साथ दिन सबैलाई आग्रह समेत गरेको छ ।