७ कार्तिक २०८२, शुक्रबार
Follow Us

हमासको आक्रमणमा मारिएका विपिनको शव भोलि नेपाल ल्याइँदै

नेपालब्रिटेन संवाददाता
२ कार्तिक २०८२, आईतवार ११:५२

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइँदैछ । परराष्ट्र मन्त्रालयका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइने भएको हो ।

विमान दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरू विमानस्थलमा उपस्थित हुने तयारी छ ।

कञ्चनपुरका विपिन जोशी अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए । उनी गत २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए । त्यसयता उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीचको युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेका थियाे ।

धेरै पढिएको