३ मंसिर २०८२, बुधबार
Follow Us

सार्वजनिक कार्यक्रममा जान छाडे गगन, मागे आयोजकसँग माफी

नेपालब्रिटेन संवाददाता
१० कार्तिक २०८२, सोमबार ०६:१५

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यस वर्षको छठ पर्वका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसकेको भन्दै आयोजकहरूसँग क्षमा याचना गरेका छन् । दशैं, तिहार र नेपाल संवत्‌जस्ता चाडपर्वहरूमा पनि सार्वजनिक कार्यक्रममा अनुपस्थित रहेका थापाले छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै आफ्नो बाध्यता प्रकट गरेका हुन् ।

महामन्त्री थापाले आफ्नो फेसबुकमार्फत ‘यो वर्ष दशैं, तिहार र नेपाल सम्वत् जस्तै छठका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु’ भन्दै आयोजकहरूप्रति आभार व्यक्त गरेका छन् । उनले काठमाडौं र मधेशका विभिन्न स्थानमा छठ कार्यक्रम आयोजना गरी आफूलाई निमन्त्रणा गर्ने सबै मित्रहरूलाई हार्दिक धन्यवाद दिएका छन् ।

थापाले आगामी वर्ष छठ पर्व सँगै मनाउने अभिलाषासमेत व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘अर्को वर्ष सँगै छठ मनाउने अभिलाषासहित छठी माईको दिव्य आशीर्वाद सबैमा रहोस् ।’

धेरै पढिएको