रुकुम पूर्व । रुकुम पूर्वको भुमे गाउँपालिका १ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
हिजो बेलुका भुमे १ स्यावालस्थित मध्यपहाडी लोक मार्गको लुगुम-पाटी हाल्ने सडक खण्डमा लुगुमबाट बराहातालतर्फ जादै गरेको रा १ ह ६७९७ नम्बरको अटो अनियन्त्रित भई सडकदेखि करिब तीन सय मिटर तल खस्दा भुमे १ लुगुमकी ३० वर्षीया रेजिना घर्ती मगर, २५ वर्षीया फिसोल्टी घर्ती मगरको मृत्यु भएको हो ।
मृतक दुबै जना एकै घरका जेठानी-देउरानी हुन् । अन्य ५ जना घाइते भएका छन ।
घाइते हुनेमा लुगुमकै वर्ष २६ कि प्रतीक्षा बुढामगर, उनको ११ महिनाको छोरा सुभम बुढामगर, २५ वर्षकी ब्युटी पुन मगर, उनकी छोरी २३ महिनाकी समृद्धि पुन मगर, लुगुमकै वर्ष ३ का सक्षम घर्ती मगर छन । घाइतेहरु सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जानकारी दिएको छ ।
अटो चालक भुमे १ का करिब २९ वर्षका जोते घर्ती मथर भने सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले बताए ।