२२ कार्तिक २०८२, शनिबार
Follow Us

प्रभु बैंकमा सीआईबीको छापा, शंकास्पद फाइल नियन्त्रणमा

नेपालब्रिटेन संवाददाता
२२ कार्तिक २०८२, शनिबार ०६:४४

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले प्रभु बैंकमा छापा मारेको छ । गम्भीर आर्थिक अपचलनको उजुरीका आधारमा प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेपछि अनुसन्धानका लागि आवश्यक कागजात छानबिन गर्न बैंकमा छापा मारिएको हो ।

सीआईबी प्रमुख एआईजी डा. मनोजकुमार केसीले शुक्रबार साँझ बैंकमा छापा मारिएको पुष्टि गरे । ‘आवश्यक फाइल हाम्रो नियन्त्रणमा छ, नेपाल राष्ट्र बैंकसँग सहकार्य गरेर ती फाइलमाथि छानबिन सुरु भएको छ,’ एआईजी केसीले भने ।

प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दायर गरेको ९८ करोड रुपैयाँ ठगीको जाहेरीका आधारमा भट्टचन कात्तिक ११ गते ललितपुरबाट पक्राउ परेका थिए । लामाको जाहेरीमाथि अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले गत वर्षको असोज ११ गते नै प्रहरी परिसर, काठमाडौंमा पठाएको थियो । तर, परिसरले जाहेरीमाथि कुनै अनुसन्धान अगाडि बढाएको थिएन । उक्त मुद्दामा सीआईबीले हस्तक्षेप गरेपछि भट्टचन पक्राउ परेका हुन् ।

१८ करोडको ठगीमा अन्य व्यक्तिको संलग्नता खुलेको र संगठित अपराधको मुद्दा पनि चल्ने भएको सीआईबी स्रोतले जनाएको छ । यस विषयमा प्रभु बैंक प्रशासनसँग सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।

धेरै पढिएको