२५ कार्तिक २०८२, मंगलवार
Follow Us

प्रतिनिधि सभा विघटनविरुद्ध देशभर एमालेको प्रदर्शन

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०८२, मंगलवार १३:११

काठमाडौँ । विघटित प्रतिनिधि सभा पुन:स्थापनाको माग गर्दै नेकपा एमालेले मुलुकभरका स्थानीय पालीकामा प्रदर्शन गरेको छ ।

मंगलबार एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत विभिन्न पालिकाहरूमा मोटरसाइकल र्‍यालीका साथै नारा जुलुससहित र्‍यालीको समेत आयोजना गरिएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध एमालेले देशै भरी जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो ।

यसैक्रममा एमाले काठमाडौँ महानगर कमिटीले काठमाडौँको वसन्तपुर क्षेत्रमा जनप्रदर्शन तथा सद्भाव र्‍याली निकालेको थियो ।

एमाले नेता आनन्दप्रसाद पोखरेलले प्रतिनिधि सभा विघटनविरुद्ध देशैभर प्रदर्शन गरेको जानकारी दिए । आफूहरूको प्रदर्शनलाई जागरण अभियानको रूपमा अघि बढाइएको उनले बताए।

एमालेले कात्तिक २९ गते जिल्लास्तर र आगामी मङ्सिर ६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने तयारी गरेको छ ।

धेरै पढिएको