शिक्षामन्त्री महावीर पुनले निर्वाचन आयोगमा धेरै भन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजीले पुरानै पापी भ्रष्टाचारी फेरि निर्वाचित भएर आउनेमा चिन्ता व्यक्त गरेका छन्। आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भइने भन्दै उनले पुराना पार्टी आए अहिलेका राम्रा काम सबै उल्ट्याउने सुनाए ।
‘हेर्नुहोस् १२३ दल दर्ता भइसके र ३२ दल दर्ता हुने प्रक्रियामा र यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफै खन्दै छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसारमा फुटेर होइन की आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भइन्छ।’
नेपालीहरू फुट्ने र सानोतिनो कुराहरूमा नमिलेर निर्वाचन आयोगमा धेरै भन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजी चलिरहेको बताउँदै यस्तै हो भने पुारन जाली फटाहाको शासन फेरी फर्कने सुनाए ।
‘यस्तै ताल हो भने नेपालमा बृद्ध नेताहरूको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरूको र आसेपासेहरूको शासन फेरि फर्किन्छ। जेन–जी आन्दोलनको लक्ष्य तुहिएर जान्छ ,’ उनले भने, ‘अहिलेको मन्त्री मण्डलले गरेको राम्रो र सकारात्मक कामहरू र निर्णयहरू पुरानै पापी भ्रष्टाचारी पार्टीहरू फेरि निर्वाचित भएर आए भने उलट्याउँछन।’