८ मंसिर २०८२, सोमबार
Follow Us

रास्वपाका काठमाडौँ सभापतिले फिर्ता लिए राजीनामा

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०८२, सोमबार १३:२३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौँ सभापति प्रदीप विष्टले पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

पार्टीका शीर्ष नेताहरू सहितको बैठकबाट आज सहमति बनेपछि विष्टले राजीनामा फिर्ता लिएका हुन् ।

पार्टीमा आफूले उठाएका मुद्दाहरूलाई पार्टीले सम्बोधन गर्ने र समस्या रहेका विषय समाधान गर्ने सहमति बनेसँगै राजीनामा फिर्ता लिएको विष्टले बताए ।

पार्टीमा पारदर्शी, बेथिति र निर्णयहीनताका विषयमा बारम्बार प्रदेश समिति, प्रदेश ईन्चार्ज तथा केन्द्रीय नेतृत्वलाई समेत जानकारी गराएको तर सम्बोधन नभएको भन्दै विष्टले पदबाट राजीनामा दिएका थिए ।

मंसिर ५ गते महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पत्र लेखेर विष्टले पदबाट राजीनामा दिएका थिए ।

धेरै पढिएको