कम्बोडिया–थाइल्याण्ड सीमा द्वन्द्वमा ७ कम्बोडियाली नागरिकको मृत्यु भएको छ ।
कम्बोडियाली रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेताले आइतबार दिउँसोदेखि मङ्गलवारसम्म थाई सेनाले कम्बोडियाली सैन्य अड्डा र सर्वसाधारणमाथि आक्रमण गर्न भारी र विनाशकारी हतियार, एफ–१६ लडाकु विमान र विषाक्त ग्यास प्रयोग गरेको बताए ।
सीमा द्वन्द्वमा सात कम्बोडियाली नागरिकको मृत्यु भएको र २० जना घाइते भएको उनले बताए । थाइल्याण्ड र कम्बोडियाबीचको ताजा सीमा झडपले थाइल्याण्डको सीमावर्ती प्रान्तहरूमा ८ सय भन्दा बढी विद्यालय र धेरै अस्पतालहरू अस्थायी रूपमा बन्द गर्न बाध्य पारेको छ । कम्बोडिया–थाइल्याण्ड सीमा द्वन्द्व आइतबार दिउँसोदेखि पुनः सुरु भएको छ ।
दुवै पक्षले एकअर्कालाई आक्रमण सुरु गरेको आरोप लगाएका छन् ।
एजेन्सी