६ चैत्र २०८२, शुक्रबार
Follow Us

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण

नेपालब्रिटेन संवाददाता
२६ मंसिर २०८२, शुक्रबार १३:३३

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् ।

नव नियुक्त मन्त्रीहरुमा श्रद्धा श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक, माधव चौलागाईं वन तथा वातावरण , राजेन्द्र भण्डारी श्रम रोजगार तथा सामाजिक शुरक्षा र कुमार इङ्नामले भूमि ब्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नव नियुक्त मन्त्रीहरुलाई राष्ट्रपति राम चन्द्र पौडेलले आजै राष्ट्रपतिको कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथग्रहण गराएका छन् ।

शितल निवासमा एक कार्यक्रमाबीच नव नियुक्त मन्त्रीहरुको शपथ ग्रहणको भएको हो । चौथोपटक मन्त्रीमण्डल विस्तार भएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ ।

धेरै पढिएको