काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान जारी छ । एमालेको ११औं महाधिवेशनअन्तर्गत आज पाँचौं दिन हो ।
काठमाडौंको भृकुटीमण्डपमा भएको मतदानमा ५ बजेर २ मिनेटसम्म ८०२ मत खसिसकेको निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले जानकारी दिए । उनले मतदान गर्न छिटोमा ९ मिनेटदेखि २ घण्टा ४ मिनेटसम्म लगाएर समय लगाएको उनले जानकारी दिएका छन ।
‘मतदान छिटोमा ९ मिनेट र ढिलोमा २ घण्टा ४ मिनेटसम्म लगाएर गरिएको छ,’ उनले भने, ‘मतदाताले ३५ मिनेट मतदान गर्न सक्नुहुन्छ भन्ने अनुमान थियो । सबैलाई प्राविधिक ज्ञान नभएकोले ढिलाइ भएको छ ।
आज रातभर मतदान चल्नेछ ।’ उनले मतदानका लागि लाइनमा उभिनेले ८ बजेभित्र टोकन लिएर मतदान स्थलमा प्रवेश गरिसक्नुपर्ने पनि बताए । एमालेमा दुई हजार २ सय ६३ जना मतदाता (प्रतिनिधि) छन् ।