४ पुष २०८२, शुक्रबार
Follow Us

देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई छलफलमा

नेपालब्रिटेन संवाददाता
४ पुष २०८२, शुक्रबार १२:२५

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन् ।

शनिबार बिहान ९ बजे बैठक बस्ने गरी देउवा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएका हुन् ।

महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समितिलगायतका विषयमा छलफल गर्न बैठक डाकेको जानकारी गराइएको छ ।

काँग्रेसले यही पुसको २६ देखि २८ सम्म महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ । कार्यतालिका व्यवहारिक नभएको भन्दै नेताहरूले कार्यान्वयन नहुने चिन्ता व्यक्त गरेका छन् । पुस १६ वडा अधिवेशन गरेर २६ गते केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ ।

निर्वाचन र क्रियाशील सदस्यता छानबिन समिति गठन भए पनि हालसम्म विधान मस्यौदा समिति बन्न सकेको छैन ।

धेरै पढिएको