६ पुष २०८२, आईतवार
Follow Us

‘संयुक्त जेनजी’ आन्दोलनको घोषणा, सर्वपक्षीय सरकार गठनको माग

नेपालब्रिटेन संवाददाता
६ पुष २०८२, आईतवार १२:३०

काठमाडौँ । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले ‘संयुक्त जेनजी’ आन्दोलन घोषणा गरेको छ । आज एक कार्यक्रमबीच उक्त समूहले भोलिदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको हो ।

भोलि सोमबार माइतीघरमा ११ बजे सबैलाई भेला हुन उनले आव्हान गरे । उनले सुशीला कार्की नेतृत्वको सरकारले जेनजीको मागलाई बेवास्ता गरेको आरोप लगाए । सय दिनमा जनताले महसुस गर्ने गरी कुनै काम नभएको उनले बताए ।

उनले कार्की सरकारले जेनजी आन्दोलनको मर्म नबोकेको र समग्र युवाको नेतृत्व नगरेको भन्दै सर्वपक्षीय सरकार गठनको माग गरे ।

धेरै पढिएको