लुभेन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेल्जियमका अध्यक्ष लोकेन्द्र नेपालका अनुसार, यहाँ रहेका नेपाली समुदायका लागि सदस्यता वितरण प्रक्रिया सुरु गरिएको छ।
उहाँले जानकारी दिनुभयो कि आगामी फेब्रुअरी २३, २४ र २५ मा काठमाडौँमा आयोजना हुने १२औँ महाधिवेशनमा सहभागी हुन चाहने सम्पूर्ण गैरआवासीय नेपालीहरूका लागि सदस्यता अनिवार्य हुनेछ।
गत मे महिनामा सम्पन्न एकता महाधिवेशनमा सदस्यता लिन नसक्नु भएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई पुनः अवसर प्रदान गर्ने तथा नयाँ रूपमा सहभागी हुन इच्छुक नेपाली समुदायलाई समेट्ने उद्देश्यले सदस्यता वितरण प्रक्रिया पुनः सुरु गरिएको छ।
अध्यक्ष लोकेन्द्र नेपालका अनुसार, विश्वभर छरिएर रहेका नेपाली समुदायलाई समावेश गर्दै सदस्यता अभियानलाई अझ प्रभावकारी र पारदर्शी बनाइँदै आएको छ। बेल्जियमवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आजै सदस्यता लिनुहुन र संघको विश्वव्यापी एकता तथा सहभागिता अभियानमा सक्रिय रूपमा जोडिनुहुन उहाँले आग्रह गर्नुभयो।
उहाँले सबैलाई एकता, समावेशिता र साझा पहिचानका लागि मिलेर यो अभियान सफल बनाउन आह्वान गर्नुभयो।
सदस्यता वितरणसम्बन्धी सूचना !!
बेल्जियमवासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा
गैरआवासीय नेपाली संघ (NRNA)
राष्ट्रिय समन्वय परिषद् (NCC) बेल्जियम को तर्फबाट हार्दिक नमस्कार।
गैरआवासीय नेपाली संघ, बेल्जियमले यहाँ रहेका नेपाली समुदायका लागि एमआरएस (Membership Registration System) मार्फत सदस्यता वितरण प्रक्रिया सुरु गरेको जानकारी गराउन चाहन्छौँ।
आगामी फेब्रुअरी २३, २४ र २५ मा काठमाडौँमा आयोजना हुने १२औँ महाधिवेशन मा सहभागी हुन चाहने सम्पूर्ण गैरआवासीय नेपालीहरूका लागि यो सदस्यता अनिवार्य हुनेछ।
गत मे महिनामा सम्पन्न एकता महाधिवेशनका कारण सदस्यता लिन नसक्नु भएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई पुनः अवसर प्रदान गर्ने तथा नयाँ रूपमा सहभागी हुन इच्छुक नेपाली समुदायलाई समेट्ने उद्देश्यले, केन्द्रको पत्रअनुसार सदस्यता वितरण प्रक्रिया पुनः सुरु गरिएको हो।
संघको एकता प्रक्रियापछि, विश्वव्यापी रूपमा एमआरएसमार्फत सहज, पारदर्शी र व्यवस्थित सदस्यता प्रणाली उपलब्ध गराइँदै आएको छ, जसले सदस्यता अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठ द्वारा प्रस्तुत एकता मार्गचित्रअनुसार, विश्वभर छरिएर रहेका नेपाली समुदायलाई समावेश गर्दै सदस्यता अभियान विस्तार गरिएको हो।
यस सन्दर्भमा, बेल्जियमवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई MRS मार्फत आजै सदस्यता लिनुहुन तथा एनआरएनएको विश्वव्यापी एकता र सहभागिता अभियानमा सक्रिय रूपमा जोडिनुहुन हार्दिक आग्रह गर्दछौँ।
एकता, समावेशिता र साझा पहिचानका लागि—
आउनुहोस्, हामी सबै मिलेर यो अभियान सफल बनाऔँ।
धन्यवाद।
📺 जानकारीमूलक भिडियो:
अध्यक्ष: लोकेन्द्र नेपाल
गैरआवासीय नेपाली संघ (NRNA)
राष्ट्रिय समन्वय परिषद् (NCC) बेल्जियम