९ पुष २०८२, बुधबार
Follow Us

झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल

नेपालब्रिटेन संवाददाता
९ पुष २०८२, बुधबार ०६:२८

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

जेन जेड आन्दोलनका क्रममा भदो २४ गते आगजनीमा परेर गम्भीर घाइते भएकी नेता झलनाथ खनालको पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । सो क्रममा उनीहरूले चित्रकारको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

भारतमा उपचार सकेर दुई दिनअघि फर्किएकी चित्रकारलाई भेट्न संयोजक र सहसंयोजक डल्लुस्थित निवासमा पुगेका हुन्।

धेरै पढिएको