१४ पुष २०८२, सोमबार
Follow Us

डान्स बारमा प्रहरीको छापा, दुई जना पक्राउ

नेपालब्रिटेन संवाददाता
१४ पुष २०८२, सोमबार ०६:११

काठमाडौँ । नेपाल प्रहरीले झापाको बिर्तामोडमा दुई वटा डान्स बारमा छापा मारेको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले दुई वटा सञ्चालितमध्ये डीडब्लु डान्स बार र द नाइट लाइफ डान्स बारमा छापा मारेर दुई जनालाई पक्राउ गरेको छ।

गए राति साढे १२ बजे डीडब्लु डान्स बारका एकाउन्टेन्ट मेचीनगर नगरपालिका-२ का २३ वर्षीय संगित राजवंशी र द नाइट लाइफ डान्स बारका एकाउन्टेन्ट सप्तरी जिल्ला गोल बजार-१ बका २३ वर्षीय युगल चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रशासनले तोकेको समयलाई बेवास्ता गर्दै राति अबेरसम्म डान्स बार खोलेर सञ्चालन गरिरहेको भेटेपछि बारका कर्मचारीहरूलाई पक्राउ गरेको हो

उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।

धेरै पढिएको