२३ पुष २०८२, बुधबार
Follow Us

मेयर बालेन शाहले बुझाए जाँचबुझ आयोगलाई लिखित जबाफ

नेपालब्रिटेन संवाददाता
२२ पुष २०८२, मंगलवार १३:०२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गत २३ खर २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनपछि घटनाको जाँचबुझ गर्न बनेको आयोगलाई लिखित जबाफ बुझाएका छन् ।

आयोगले प्रश्नहरू पठाएपछि शाहले पनि लिखित जबाफ पेस गरेको आयोग प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिएका छन । आयोगले बयान लिने काम लगभग सकिसकेको शर्माले जानकारी दिएका छन ।

पछिल्लो समय जेनजी प्रतिनिधिहरूको पनि बयान लिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल लगायतको बयान लिएको छ। आयोगले १५० जना भन्दा बढी व्यक्तिहरूको बयान लिएको जनाएको छ ।

धेरै पढिएको