लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।
संघका उपाध्यक्ष खगेन्द्र न्यौपानेका अनुसार एनआरएनएका केन्द्रीय उपाध्यक्ष डा. हेमराज शर्माको उपस्थितिमा सोमबार उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।
क्वालालाम्पुरस्थित ग्राण्ड कन्टिनेन्टल होटलमा साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागी हुन एनआरएनए मलेसियाले सबैलाई आह्वान गरेको छ।
डा. शर्मा आइतबार साँझ मलेसिया पुगिसकेका छन्।