काठमाडौँ। चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) को अन्तर्राष्ट्रिय विभाग अन्तर्गत नेपाल मामिला प्रमुख झेङ युयाको नेतृत्वमा सिपिसी प्रतिनिधि मण्डल तीन दिनका लागि नेपाल भ्रमणमा आउने भएको छ । आउने साता उनीहरूको टोली नेपाल आइपुग्ने बताइएको छ ।
नेपालमा जेन जेड पुस्ताको आन्दोलनपछि पश्चिमा राष्ट्रहरूको प्रभाव नेपालमा बढेको आशंका बढेका बेला चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि मण्डलको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
उनीहरूको भ्रमणले नेपाल–चीनबिचको मित्रतालाई थप प्रगाढ हुने विश्वास गरिएको छ । सिपिसी प्रतिनिधि मण्डलले नेपाल भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट हुने जनाइएको छ ।