१३ माघ २०८२, मंगलवार
Follow Us

एनआरएनए सम्मेलनको लागि सोल्टी होटलको रुम बुकिङ शुरु

नेपालब्रिटेन संवाददाता
१३ माघ २०८२, मंगलवार १५:४०

गैरआवासीय नेपाली संघ (एनआरएनए) सचिवालयले १२औँ एनआरएन ग्लोबल सम्मेलन तथा अन्तर्राष्ट्रिय महासभा २०२५ का लागि आवास व्यवस्थापनसम्बन्धी सम्झौता गरेको छ। एनआरएनए सचिवालयले काठमाडौँको कालिमाटीस्थित द सोल्टी काठमाडौँ, अटोग्राफ कलेक्सन होटलसँग सम्मेलन अवधिभर सहभागीहरूका लागि विशेष दरमा आवास उपलब्ध गराउने विषयमा सम्झौतामा हस्ताक्षर गरेको हो।

१२औँ एनआरएन ग्लोबल सम्मेलन तथा अन्तर्राष्ट्रिय महासभा सन् २०२६ मार्च १४ देखि १६ तारिखसम्म आयोजना हुने जनाइएको छ। सम्मेलनमा सहभागी हुने प्रतिनिधि तथा पाहुनाहरूका लागि होटल आवास सुविधा मार्च १३ देखि १७, २०२६ सम्म उपलब्ध हुनेछ।

सम्झौताअनुसार द सोल्टी काठमाडौँ होटलले सम्मेलनका सहभागीहरूलाई विशेष समूह दरमा कोठा उपलब्ध गराउनेछ। स्ट्यान्डर्ड सिटी भ्यु कोठाको दर प्रतिरात अमेरिकी डलर ७५ देखि ९५ सम्म तोकिएको छ भने स्ट्यान्डर्ड किङ गार्डेन भ्यु कोठाको दर प्रतिरात अमेरिकी डलर ९५ देखि १०५ सम्म रहेको छ।

एनआरएनए सचिवालयले सम्मेलनका सहभागीहरूलाई विशेष समूह दरअन्तर्गत कोठा बुकिङ गर्न अनलाइन रिजर्भेसन लिंक उपलब्ध गराएको जनाएको छ। बुकिङ प्रक्रिया सम्बन्धी थप जानकारी वा सहयोग आवश्यक परेमा सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

धेरै पढिएको