काठमाडौँ । अमेरिका र इरानका अधिकारीहरूबीच मंगलबार स्विटजरल्याण्डमा वार्ताको तयारी भइरहेका बेला अमेरिकाले ‘यूएसएस अब्राहम लिंकन’ नामको विमानवाहक युद्धपोत इरान नजिकै रहेको पुष्टि भएको समाचार सार्वजनिक भएको छ ।
वासिङ्टनले इरानको सैन्य कार्यक्रम र हालैका प्रदर्शनमाथिको दमनप्रति दबाब बढाइरहेका बेला यो समाचार सार्वजनिक भएको हो ।
उक्त विमानवाहक युद्धपोत जनवरीको अन्त्यतिर खाडी क्षेत्रमा पठाइएको बताइए पनि हालसम्म उपग्रह तस्वीरमा देखिएको थिएन । अहिले भने यो ओमानको तटबाट करिब ७०० किलोमिटर टाढा अरब सागर क्षेत्रमा देखिएको हो ।
सार्वजनिक रूपमा उपलब्ध युरोपेली सेन्टिनेल–२ उपग्रह तस्वीरले युद्धपोत ओमानको तटबाट करिब २४० किलोमिटर दूरीमा रहेको पुष्टि भएको बीबीसीले जनाएको छ ।