२८ असार २०८३, आईतवार
Follow Us

सेमिफाइनल समीकरण पूरा, उपाधिका लागि चार महाशक्ति आमनेसामने

नेपालब्रिटेन संवाददाता
२८ असार २०८३, आईतवार ११:४६

काठमाडौँ। फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलका सबै खेल सम्पन्न भएसँगै अर्जेन्टिना, इंग्ल्यान्ड, फ्रान्स र स्पेनले अन्तिम चारमा स्थान सुरक्षित गरेका छन्। अब उपाधि यात्राको निर्णायक चरणमा पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन तथा दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

पहिलो सेमिफाइनल नेपाली समयअनुसार असार ३१ गते बुधवार बिहान १२:४५ बजे अमेरिकाको डलासस्थित एटी एन्ड टी स्टेडियममा फ्रान्स र स्पेनबिच हुनेछ। त्यसपछि दोस्रो सेमिफाइनल असार ३२ गते बिहीबार बिहान १२:४५ बजे एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा अर्जेन्टिना र इंग्ल्यान्डबीच खेलाइनेछ। दुवै खेलका विजेताले फाइनलमा स्थान बनाउनेछन् भने पराजित टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

विश्व फुटबलका चार शक्तिशाली राष्ट्र बिच हुने यी दुई सेमिफाइनललाई यस संस्करणकै सबैभन्दा आकर्षक प्रतिस्पर्धाका रूपमा हेरिएको छ। साबिक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि नजिक पुग्ने लक्ष्यमा छ भने इंग्ल्यान्ड १९६६ पछि पहिलो पटक विश्वकप जित्ने सपना बोकेको छ। यता फ्रान्स लगातार अर्को फाइनलमा पुग्ने प्रयासमा रहँदा स्पेन २०१० पछिको दोस्रो विश्वकप उपाधि लक्ष्य बनाइरहेको छ।

क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोलाई, स्पेनले बेल्जियमलाई, इंग्ल्यान्डले नर्वेलाई तथा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्। यससँगै विश्व फुटबलका शीर्ष दाबेदार चार टोलीबिच उपाधिको दौड अन्तिम चरणमा पुगेको छ।

धेरै पढिएको