ताजा खबर

पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । आज देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । हाल पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावका कारण आइतबार बिहान प्रदेश १ र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ।

आज दिउँसो प्रदेश १ र अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहे पनि अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका केही स्थानमा भने चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै, राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता