मुख्य समाचार

मुछेत्र गुरुङ एनआरएन आइसीसीमा कोषाध्यक्षको उम्मेदवार बन्ने

लन्डन । गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को अक्टोबरमा हुने महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

संघको आइवार जर्मनीमा सम्पन्न क्षेत्रिय बैठक सकेर फर्केका गुरुङले सोमवार साँझ नेपालब्रिटेन डट कमसंग साथीहरुको आग्रहमा आफु उम्मेदवार बन्ने निचोडमा पुगेको वताए ।
यसअघि उनलाई गैरआवासीय नेपाली संघको यूरोप संयोजकको उम्मेदवारको रुपमा हेरिएको थियो । गुरुङले भने ‘अहिलेलाई कोषाध्यक्षको उम्मेदवारी दिने मात्र मनस्थितीमा पुगेको छु, यो अप्रत्यासीक जस्तो देखिए पनि सबै पक्षसंग मिलेर जाने छु’।

ब्रिटिश आर्मीमा १८ वर्ष सेवा गरेका गुरुङको तमुधिं यूकेको अध्यक्ष कोषाध्यक्ष, उपाध्यक्ष भएर काम गरेको अनुभव छ ।
एनआरएन यूकेको नेतृत्व समाले पछि गुरुङले बेलायतमा ‘नेपाल हाउस’ को महत्वकांक्षी प्रोजेक्ट ल्याएर चर्चा कमाएका थिए ।
muchhetra

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्