पण्डितद्वय चिरञ्जीवी ढकाल र शेखर शाण्डिल्य काफ्लेको सहभागिता रहने
लण्डन। नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा बेलायत (UK) मा बसोबास गर्ने नेपाली समुदायका लागि विशेष तीज सांस्कृतिक समारोह आयोजन गरिने भएको छ। आगामी भदौ २९ गते (तदनुसार १४ सेप्टेम्बर २०२६, सोमबार) का दिन पश्चिम लण्डनस्थित श्री विश्व हिन्दू मन्दिरमा उक्त कार्यक्रमको आयोजना हुन लागेको हो।
विशेष गरी पश्चिम लण्डनमा बसोबास गर्ने नेपाली आमा तथा दिदीबहिनीहरूलाई पायक पर्ने गरी आयोजना गर्न लागिएको यस समारोहमा पण्डित चिरञ्जीवी ढकाल तथा पण्डित शेखर शाण्डिल्य काफ्लेको गरिमामय उपस्थिति रहनेछ।
आयोजकका अनुसार समारोहमा सहभागी दिदीबहिनीहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्नका लागि विभिन्न सांस्कृतिक कार्यक्रम, तीज गीत तथा नृत्यहरूको समेत विशेष व्यवस्था गरिएको छ। आयोजक मण्डलले सम्पूर्ण बेलायतवासी नेपाली दिदीबहिनीहरूलाई हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा पाठएको छ।
कार्यक्रमसम्बन्धी विवरण:
मिति: सोमबार, १४ सेप्टेम्बर २०२६ (भाद्र २९ गते)
समय: बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म
स्थान: श्री विश्व हिन्दू मन्दिर (2 Lady Margaret Road, Southall, London, UB1 2RA, UK — Quality Foods, Southall Broadway नजिकै)
यातायात तथा आवागमन जानकारी:
पार्किङ: मन्दिरको पछाडि नवनिर्मित पार्किङ स्थल उपलब्ध छ।
ट्रेन सेवा: Southall Train Station (Elizabeth Line)
बस स्टप: Southall Broadway
बस रूटहरू: 105, 195, 427, SLB, 95
सम्पर्क/जानकारीका लागि: 07946599795