२८ आश्विन २०८३, बुधबार
Follow Us

प्रहरी जवान जबरजस्ति करणी मुद्दामा पक्राउ

नेपालब्रिटेन संवाददाता
१ आश्विन २०८३, बिहीबार ०५:४०

धनगढी । धनगढीमा जबरजस्ति करणी मुद्दा आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान विशाल चौधरी रहेका छन्। 

एक विवाहित महिलाले जबरजस्ति करणीको आरोप सहित जाहेरी दिएपछि चौधरीलाई नियन्त्रणमा लगिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चौधरीमाथि अनुसन्धान भइरहेको जनाइएको छ।

धेरै पढिएको