२३ आश्विन २०८३, शुक्रबार
Follow Us

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त

नेपालब्रिटेन संवाददाता
२३ आश्विन २०८३, शुक्रबार १५:३२

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल बर्खास्त भएका छन्। गृह मन्त्रालयले आचरण र अनुशासनसम्बन्धी व्यवस्था बारम्बार उल्लंघन गरेको ठहर गर्दै दाहाललाई सेवाबाट हटाएको हो।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाइएको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार दाहालले आचरणसम्बन्धी कुरा बारम्बार उल्लंघन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मानप्रतिष्ठामा आँच पुर्‍याउने कार्य गरेको ठहर गरिएको छ।

सोही आधारमा उनीमाथि विभागीय कारबाही गरी सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा दाहाललाई बर्खास्त गर्ने निर्णयबारे जानकारी गराइएको छ।

धेरै पढिएको