ब्रेकिङ न्युज

कांग्रेस सहमहामन्त्री शिवाकोटी साइबर ब्युरोमा हाजिर हुनुपर्ने

काठमाडौँ । काठमाण्डूपाटीका अध्यक्ष रोशन खड्काको जाहेरीपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (साइबर ब्युरो) ले कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई सोधपुछका लागि बोलाएको छ ।

शिवाकोटीले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रहरी लगाएर खोज्नै पर्दैन, काठमाडौं आउँदैछु भनेर सामाजिक सञ्जालमा लेखेपछि प्रहरीले उनलाई खोजिरहेको खुलेको हो । फेसबुकमा एक स्टाटस लेख्दै शिवाकोटीले आफूलाई प्रहरी लगाएर खोज्ने काम नगर्न चेतावनी दिएका छन् । 

विचौलिया इनम सापकोटाले कांग्रेसले न्यायाधीशलाई १८ करोड दिएको सुनेको भनेर बयान दिएको अडियो सरकारले नियोजित रुपमा सार्वजनिक गरेको भनेर विरोध गर्दै आएका शिवाकोटीको पछिल्लो टिप्पणी आएको हो । 

उनले लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु ।’ शिवाकोटीले स्टाटस लेखेको केही मिनेटभित्रै पत्रकार खड्काले लक्षित गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी लेखेका छन् । जसमा अब आफू चुप लागेर नबस्ने भन्दै खड्काले शिवाकोटीमाथि विभिन्न लाञ्छनासमेत लगाएका छन् ।

शिवाकोटीले इनम सापकोटा बिचौलियाको एसेट भएको, कुमार बेनको घरमा दुई दिनसम्म मोबाइल राखेर त्यहीँबाट कांग्रेस सभापति गगन थापालाई जोडेर अडियो बनाइएको आरोप लगाउँदै आएका छन् । त्यसैले अहिले उनी सरकारको निशानामा समेत परेका छन् ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम