आर्थिक

तिहारको पूर्वसन्ध्यामा तोलामा १३ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको भाउ ह्वात्तै बढेको छ । तिहारको पूर्वसन्ध्यामा सेतो र पहेंलो धातुको भाउमा उच्च् वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको १३ हजार तीन सय रुपैयाँले वृद्धि भएर दुई लाख ८८ हजार नौ सय रुपैयाँ पुगेको छ । बिहीबार एक तोला सुनको मूल्य दुई लाख ७५ हजार ६ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य तोलाको २६५ रुपैयाँले बढेर तीन हजार ९२० रुपैयाँ पुगेको छ । बुधबार एक तोला चाँदीको मूल्य तीन हजार ६५५ रुपैयाँ थियो । 
 

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम