१ आश्विन २०८२, बुधबार
Follow Us

आँधिबाट १०६ जनाको मृत्यु

nepalbritain news
२६ कार्तिक २०७४, आईतवार ०७:३६

भियतनाममा करिब एक हप्ता अघि आएको ‘डाम्रे’ नामक आँधीका कारण कम्तीमा पनि १०६ जनाको मृत्यु भएको समाचार छ। मध्य भियतनाम र यहाँका मध्य पहाडी क्षेत्रमा भीषण आँधी आएको भियतनामको प्राकृतिक बिपद् नियन्त्रण तथा उद्धारसम्बन्धी केन्द्रीय परिचालन समितिले शुक्रबार जानकारी दिएको छ।

सो आँधीको कारण अझै पनि २५ व्यक्ति बेपत्ता रहेका दैवी प्रकोप व्यवस्थापन अधिकारीहरुले जनाएका छन्। शुक्रबार बिहानसम्म जारी सो आँधीबाट त्यहाँको भौतिक सम्पत्तिको पनि ठूलो क्षति पुगेको जनाइएको छ।

डाम्रेबाट करिब दुई हजार वटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ। त्यसैगरी करिब एक लाख २० हजार हेक्टर क्षेत्रफलमा रहेको बालीनाली पनि नष्ट भएको छ।

आँधीसँगै आएको बाढी र पहिरोले बिन्ह दिन्ह, फु येन, खान्ह होआ र क्वाङ नाममा गाडी गुड्ने बाटो र रेलयातायातमा क्षति पु¥याएको पनि अधिकारीहरुले जनाएका छन्।

डाम्रे प्रभावित व्यक्तिहरुको लागि सङ्टकालीन मानवीय सहायता उपलब्ध गराउने चीन सरकारले शुक्रबार घोषणा गरेको छ।
– हिमाल दैनिकबाट ।

धेरै पढिएको