खेल

बार्सिलोनाले कोन्टिन्होलाई क्लबमा भित्र्याउँदै

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले ट्रान्सफर विन्डोमा इंग्लिस क्लब लिभरपुलका प्ले मेकर फिलिप कोन्टिन्होलाई क्लबमा भित्र्याउन लागेको छ।

बार्सिलोनाले आफ्नो क्लबमा भित्र्याउनका लागि कोन्टिन्होलाई दिन लागेको रकम प्रति
बार्सिलोनाकै स्टार स्ट्राइकर लियोनल मेस्सी दुख व्यक्त गरेका छन्। क्लबले कोन्टिन्होलाई वर्षको २५ मिलियन युरोमा सम्झौता गर्न लागेको बीबीसीले जनाएको छ।

उक्त रकम प्रति लियोनल मेस्सीले आपत्ति जनाएका समाचारमा उल्लेख छ। जुन रकम बार्सिलोनामा मेस्सीपछिको धेरै हो। गएको ट्रान्सफर विन्डोमा तीनपटकसम्मको प्रयासमा पनि बार्सिलोना कोन्टिन्होलाई क्लब भित्र्याउन सफल भएको थिएन। लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप कोन्टिन्होलाई क्लबमै राख्ने वातावरण बनाउन हर सम्भव प्रयास गरेका थिए।

क्लबमा लामो समय उत्कृष्ट प्रदर्शन गरेका इनिएस्टा, पिके, बुस्केटस जस्ता खेलाडीलाई भन्दा नयाँ अनुबन्ध हुने कोन्टिन्होलाई धेरै रकम खर्च गर्न नहुने भन्दै मेस्सीले आफत्ति जनाएका छन्।

– डिसी नेपालबाट ।

About the author
nepalbritain news

nepalbritain news