ताजा खबर

समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै

काठमाडौं । पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा (एमाले) को अग्रता कायमै रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त जानकारीअनुसार नेकपा (एमाले)ले २५ लाख ५५ हजार ५४५ मत, नेपाली काँग्रेसले २४ लाख ५८ हजार ७१४, नेकपा (माओवादी केन्द्र) ले १० लाख चार हजार ८२८, संघीय समाजवादी फोरम नेपालले तीन लाख ४४ हजार २५९ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालले दुई लाख ८४ हजार १३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ६७ हजार ५२५ र विवेकशील साझा पार्टीले एक लाख ६७ हजार १३२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्