१ आश्विन २०८२, बुधबार
Follow Us

काङ्ग्रेस दोस्रो दल बन्ने निश्चित

nepalbritain news
१ पुष २०७४, शनिबार ०२:४७

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ तेस्रो दल बनेको नेपाली कांग्रेस प्रतिनिधिसभातर्फको समानुपातिक मतका कारण दोस्रो दल बन्ने निश्चित भएको छ ।

कुल १ करोड ५ लाख ८७ हजार ५ सय २१ मत खसेकोमा शुक्रबार रातिसम्मको मतगणनामा एमालेभन्दा कांग्रेस ६७ हजारको अन्तरमा देखिनु र माओवादी केन्द्र त्यो भन्दा धेरै कम हुनुले कांग्रेसले दोस्रो पार्टीका रूपमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने निश्चित भएको हो ।

७३ जिल्लाको समानुपातिकतर्फको मतपरिणाम आइसक्दा कांग्रेसको ३० लाख ५२ हजारभन्दा बढी मत छ ।आयोगका प्रवक्त नवराज ढकालका अनुसार सुनसरी, सर्लाही, सुर्खेत र कैलालीको मतगणना जारी छ ।यस्तै, कांग्रेसभन्दा नेकपा एमाले ३१ लाख १९ हजार मतले अघि छ ।

दलहरूले हालसम्म प्राप्त गरेको मतका आधारमा एमालेले वढीमा ४१, काँग्रेसले वढीमा ३८, माओवादी केन्द्रले वढीमा १८, संघिय समाजवादी फोरमले वढीमा ७ र राजपाले वढीमा ६ सीट पाउने सम्भावना छ । यसलाइ आधार मान्दा कांग्रेसले प्रत्यक्ष तर्फ जितेको २३ सिट र समानुपातिकतर्फ प्राप्त हुनसक्ने वढीमा ४१ सिट जोड्दा ६४ जना सांसद पुग्ने देखिन्छ ।प्रत्यक्षतर्फ दोस्रो भएको माओबादी केन्द्रको समानुपातिक तर्फ वढीमा १८ सांसद हुदा प्रत्य तर्फ निर्वाचित ३६ जना सांसद जोड्दा ५४ जना मात्र सांसद हुने देखिन्छ । यो परिणामलाइ आधार मान्दा कांग्रेस माओबादी केन्द्र भन्दा १० सिटले अघि हुने देखिन्छ । जसका कारण प्रत्यक्षमा दोस्रो बनेको माओवादी समानुपतिक मतगणनापछि तेस्रो दलका रूपमा रहनेछ ।
प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको गणनाको शुक्रबार राति ११ बजेसम्मको परिणामअनुसार एमालेले ३१ लाख १९ हजार ३ सय ७६ मत पाएको छ भने कांग्रेसले ३० लाख ५३ हजार ३ सय १९ मत पाएको छ ।
माओवादी केन्द्रले १२ लाख ७२ हजार ३ सय ४८, संघीय समाजवादी फोरमले ४ लाख ५६ हजार ४ सय ३४ मत पाएका छन् । यस्तै, समानुपातिकतर्फ पाँचौं दल बनेको राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ४५ हजार ४ सय ८७ हजार मत पाएको छ ।
राट्रिय पार्टी बन्ने उद्घोषका साथ चुनावी मैदामा आएको विवेकशील साझा पाटीले प्रत्यक्षतर्फ एक सिट पानि जित हासिल गर्न सकेन भने समानुपातिकमा पनि थ्रेस होल्ड पूरा गर्न सकेको छैन । उसले शुक्रबार रातिसम्म पाएको २ लाख ११ हजार २ सय ९१ मतले समानुपातिकतर्फ पनि कुनै सांसद नपाउने देखिन्छ । जम्मा खसेको मतको ३ प्रतिशत मत समानुपातिकतर्फ ल्याउने पार्टीले मात्रै समानुपातिकमा सांसद पाउने व्यवस्था रहेको छ ।

समानुपातिक नतिजा राष्ट्रिय सभापछि
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि समानुपातिकतर्फको नतिजा राष्ट्रिय सभाको निर्वाचन र प्रदेश प्रमुख तोकिएपछि मात्रै हुने भएको छ । शुक्रबार नै समानुपातिकतर्फको मतगणना सम्पन्न गर्ने तयारी गरेको निर्वाचन आयोगले शुक्रबार रातिसम्म पनि चार जिल्लाको मतगणना सकेको छैन । मत गणना जारी रहेकाले शनिबार मात्रै सबै गणना सम्पन्न हुने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

उनका अनुसार सबै मतगणना सकिए पनि समानुपातिकका आधारमा प्राप्त हुने सिटको बाँडफाँट भने तत्काल हुनेछैन । राट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ विजयी हुने महिला उम्मेदवारको संख्याको मूल्यांकनपछि मात्रै समानुपातिकमा महिलाको अनिवार्य ३३ प्रतिशत संख्या पु¥याउन सकिन्छ ।राष्ट्रिय सभा निर्वाचनको कानुन नै नहुँदा आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यसूची तयार पार्न सकेको छैन ।सरकारले एकल संक्रमणीय प्रणालीका आधारमा निर्वाचन गर्ने व्यवस्थासहितको अध्यादेश पारित गर्दै जारीका लागि राष्ट्रपति कार्यालयमा पेस गरेको छ । आयोगका अनुसार राष्ट्रिय सभाको निर्वाचन नहुन्जेलसम्म कुन पार्टीले कति सिट प्राप्त गरेको भन्ने बार कुनै निर्णय हुनेछैन ।समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा नै जनसंख्याको आधारमा महिला, दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गराउनुपर्ने हुन्छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफा ६० को उपदफा ४ मा दलले प्राप्त गर्ने सिट संख्या निर्धारण गरेपछि आयोगले त्यस्तो दलका तर्फबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने कुल सदस्य संख्याको ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित गर्नुपर्ने महिलाको संख्यासमेत यकिन गरी सम्बन्धित दललाई जानकारी गराउनुपर्ने उल्लेख छ ।
– राजधानी दैनिकबाट ।

धेरै पढिएको