३१ भाद्र २०८२, मंगलवार
Follow Us

समानुपातिकमा कांग्रेसको बेग्लै रेकर्ड

nepalbritain news
३ पुष २०७४, सोमबार ०३:३९

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा चुनावमा जनमत पाएर राष्ट्रिय दलका रूपमा स्थापित पाँच दलमध्ये कांग्रेसका खातामा अरूको भन्दा बेग्लै रेकर्ड बनेको छ।

पाँच दलमध्ये कांग्रेस बाहेकका चार दलका लागि प्रत्यक्षतर्फको उपलब्धिको पल्ला भारी बन्यो। एमाले, माओवादी, संघीय समाजवादी फोरम र राजपाले प्रत्यक्षतर्फबाट जितेको सिट संख्या समानुपातिक तर्फको भन्दा धेरै छ। तर कांग्रेस मात्र एक्लो दल हो जसको प्रत्यक्षतर्फ भन्दा समानुपातिकतर्फको सिट संख्या उल्लेख्य बढी छ।

प्रत्यक्षतर्फ मात्रै २३ सिटमा चित्त बुझाएको कांग्रेसले समानुपातिकमा भने ४० सिट पाउनेछ। जबकी प्रत्यक्षमा ७८ सिट पाएको एमाले समानुपातिकमा कांग्रेसभन्दा मात्रै एक सिट बढी ४१ सिट मात्र पाउने छ।

प्रत्यक्षतर्फ कांग्रेस पनि उछिनेर ३६ सिटसहित दोस्रो स्थानमा रहेको माओवादी समानुपातिकमा भने निकै खुम्चियो। उसको समानुपातिक सिट मात्रै १७ हुनेछ।

प्रत्यक्षतर्फ संघीय समाजवादी फोरम र राजपाले पाएको सटि संख्या भन्दा समानुपातिक सिट कम छ। दुबैले समानुपातिकमा ६-६ सिट पाउनेछन्। जबकी प्रत्यक्षतर्फ फोरमको १० र राजपाको ११ सिट थियो।

प्रत्यक्षतर्फका सिटमा धक्का खाएको कांग्रेसले समानुपातिक तर्फ एमालेकै हाराहारीमा सिट जोडेर आफ्नो जनाधार कमजोर नरहेको पुष्टि गरेको छ।

– डिसी नेपाल

धेरै पढिएको