मुख्य समाचार
कांग्रेस संसदीय बोर्डको बैठक यसैसाता
काठमाडौं । निर्वाचन आयोगमा प्रदेशसभा तर्फका सामानुपातिक सांसदहरुको नामावली शुक्रवारसम्म बुझाउनुपर्ने भएकाले संसदीय बोर्डको बैठक यसैसाता बस्ने भएको छ । निर्वाचनमा पराजय भोगेको नेपाली कांग्रेसभित्र तत्काल केन्द्रीय समितिको बैठक बोलाउन सशक्त दबाब अभियान जारी रहेको बेलमा केन्द्रीय समितिको बैठक बोलाउने तयारी भएको छैन् । पार्टी सभापति शेरबहादुर देउवा समानुपातिक तर्फका सांसदहरुको नामावली निर्वाचन आयोगमा बुझाएपछि मात्र केन्द्रीय समितिको बैठक बोलाउने सोचमा छन् ।कांग्रेस नेताहरुका अनुसार प्रदेशसभाबाट समानुपातिक उम्मेदवारहरुको सूची निर्वाचन आयोगलाई शुक्रबार बुझाउनुपर्ने भएकाले संसदीय बोर्डको बैठक ढिलोमा बिहीबार बस्नुपर्ने छ र त्यसका लागि तयारी भइरहेको छ ।

