मुख्य समाचार

चुरोटबाट सल्केको आगोले वृद्धाको मृत्यु

बर्दिया। ठाकुरबाबा नगरपालिकामा चुरोटबाट सल्केको आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ।

ओछ्यानमै चुरोट पिउँदै गर्दा सिरकबाट सल्केको आगोले ठाकुरबाबा नगरपालिका–९ बेतहनीकी ७० वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ।

शनिबार राति चुरोट पिउने क्रममा आगोले जलेर उनको मृत्यु भएपनि घरपरिवारले आइतबार बिहान मात्र थाहा पाएको थियो।

– डिसी नेपालबाट ।

About the author
nepalbritain news

nepalbritain news