२२ भाद्र २०८२, आईतवार
Follow Us

बालुवाटारको जापानी रेष्टुराँमा काव्य उत्सव सम्पन्न; रचना वाचन तथा कृति विमोचन

nepalbritain news
२६ चैत्र २०७४, सोमबार ०३:२४

काठमाण्डौ-अन्तराष्ट्रिय नेपाली साहित्य समाज,नेपालको नियमित काव्य उत्सव कार्यक्रम अाज एउटा समारोह वीच वालुवाटारमा रहेको उरुतोरा जापानी रेष्टुराँमा सम्पन्न भयो।क्यानडामा रहेर नेपाली भाषा,साहित्य र संस्कृति उत्थानमा समर्पित गोविन्द सिंह राउत प्रमुख अतिथि रहेको सो कार्यक्रममा अतिथिको रुपमा राधेश्याम लेकाली हुनुहुन्थ्यो।

पुष्पा खनालले सञ्चालन र ऋषि वरालले सभापतित्व ग्रहण गरेको सो कार्यक्रममा शान्ति शर्मा,सुमना वर्षा,पारिजात भण्डारी,शान्ता वस्न्यात,वीना थिङ,प्रकाश सुवेदी,शुशिला खड्का `हसिना´,मोविल खान,गीता मैनाली,रञ्जना निरौला,कल्पना `कल्पपुञ्ज´,देवकी तिमिल्सिना `समिक्षा´,कमला रिसाल,अर्जुन थापा,पुष्पा खनाल,ऋषि वराल,लकाश पौडेल लगाएतले विविध विधा र विषयमा रचना वाचन गर्नुभएको थियो।

विगतमा नेपाली नाट्य क्षेत्रमा समेत संलग्न रहेका र हाल क्यानडामा रहँदै अाएका कार्यक्रमका प्रमुख अतिथि राउतले विदेशमा वस्ने नेपालीअभिभावकहरुलाई अाफ्ना वच्चाहरुसँग नेपाली भाषामा कुरा गर्न घच्घच्याइरहेको वताउनुभयो।सोही समारोहमा वोल्दै अव भानु जयन्तीको दिनलाई अन्तराष्ट्रिय नेपाली भाषा दिवशको रुपमा मनाउनुपर्ने कुरामा समेत जोड दिनुभयो।
उक्त कार्यक्रममा कवि तथा अाख्यानकार लकाश पौडेलद्वारा लिखित कथासंग्रह `वाजिकरण´को विमोचन कार्य समेत सम्पन्न गरिएको थियो।यस अगावै पधाञ्जली,भावाञ्जली,गीताञ्जली,सौर्यगाथा,वहरका लहरहरु,फेसवुक सन्देश,विनियोग जस्ता काव्यकृति र हिमालयदेखि कन्याकुमारी सम्म यात्रा संस्मरण प्रकाशित गरिसकेका लकाशको `वाजिकरण´कथासंग्रहमा २८ अोटा कथाहरु संग्रहित छन्।

धेरै पढिएको