ताजा खबर

विराटनगरमा रहेको भारतीय फिल्म अफिस बुधबारदेखि बन्द

काठमाडौं। नेपाल सरकारको बारम्बारको आग्रहलाई अस्वीकार गर्दै एक दशकदेखि विराटनगरमा संचालन भइरहेको भारतीय फिल्ड अफिस बुधबारदेखि बन्द भएको छ।

भारतले सप्तकोशी बाँध फुटेपछि नेपालका सवारी सधानले भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले रुट परमिट दिनभन्दै ०६५ भदौ ४ गते विराटनगरमा सो कार्यालय स्थापना गरेको थियो।

काठमाडौंमा रहेको भारतीय दूतावासले विराटनगरको कार्यालयले गर्दै आएको सबै काम काठमाडौंस्थित दूतावासबाटै हुने विज्ञप्तिमार्फत जनाएको छ। प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा विराटनगरस्थित भारतीय फिल्म अफिस बन्द गर्न भारतीय समकक्षी नरेन्द्र मोदाीलाई आग्रह गरेका थिए।

विराटनगरमा खोलिएको सो कार्यालयबाट भूपू भारतीय सैनिकको पेन्सन लिने, नवीकरण गर्ने, सवारी परमिट दिने, भारत पढ्न जाने विद्यार्थीकालागि अनुमति दिनेलगायतका काम हुँदै आएको थियोे। अब ती सबै काम काठमाडौंस्थित भारतीय दूतावासबाट हुने दूतावासले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिने नेपाल भ्रमणका क्रममा फिल्ड कार्यालयको उद्देश्य पूरा भइसकेकाले हटाउन निर्देशन दिएका थिए।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news