१३ पुष २०८२, आईतवार
Follow Us

चीनबाट स्वास्थ्य सामग्री लिएर आइपुगे जहाज

नेपालब्रिटेन संवाददाता
५ बैशाख २०७७, शुक्रबार ०५:५५

काठमाडौं । चीनको ग्वान्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगमका दुई वाइडबडी जहाज आज विहान काठमाडौँ आइपुगेका छन् । व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार त्यसतर्फ गएका थिए ।

दुवै जहाज आज बिहान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन । चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए । एउटा जहाज सांग्रिला फ्रेस र अर्को फ्ल्यास फ्रेड लजिस्टिकले चार्टर गरेका हुन् ।

यसअघि पनि निगमले दुईवटा उडानमार्फत चीनवाट २० टन भन्दा बढी मेडिकल सामाग्री ल्याइसकेको छ । कोरोना संक्रमणपछि विदेशी पर्यटकलाई घर फर्कन पनि निगमका जहाजले चार्टर उडान गरेको थिए ।

धेरै पढिएको