ताजा खबर

शिक्षक बेपत्ता पारेको अभियोगमा वडा अध्यक्ष कारागार चलान

रुकुम पुर्व । शिक्षक मखनकुमार केसीलाई बेपत्ता बनाएको अभियोगमा रुकुम पुर्वको पुथाउत्तरगंगा गाँउपालिका वडा नं २ का वडा अध्यक्ष सतसिङ बुढा सहित ५ जना कारागार चलान भएका छन्।

सिस्ने गाँउपालिका वडा नं ६ घर भई पुथाउत्तरगंगा गाँउपालिका वडा नं २ को पेल्मा आधारभूत विद्यालयमा अध्यापन गराइरहेका शिक्षक ५१ वर्षीय केसीलाई बेपत्ता बनाएको अभियोगमा उनीहरुलाई रुकुमकोट जिल्ला अदालतले कारागार चलान गर्न निर्देशन दिएको हो।

जिल्ला न्यायधिश दुर्गाबहादुर भुषालको इजलासले वडाअध्यक्ष बुढा सहित सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर कामी,सोही ठाउँका रामराज झाँक्री, विनोद खत्री र पुथाउत्तरगंगा गाउँपालिका-१०का खिन्ते भनिने विकास बुढालाई कारागार चलान गरिएको अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेले बताए।

अदालतले शुक्रबार सुनुवाई गरेपछि आजै फैसला गरेको थियो। उनीहरुलाई शुक्रबार नै रुकुम पश्चिमको कारागार पठाइएको छ। शिक्षक केसी भदौ दोस्रो हप्तादेखि परिवार तथा आफन्त कसैको सम्पर्कमा छैनन्।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news